Rule 23A
भू–सेवा केन्द्र सम्बन्धी व्यवस्था
(१) मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन
गरी तोकेको जिल्लाका कार्यालयबाट भू–सूचना प्रणाली (अनलाइन समेत) को माध्यमद्वारा जग्गा प्रशासन सम्बन्धी सेवा प्रदान गर्न आवश्यक व्यवस्था गर्न, गराउन सक्नेछ ।
(२) उपनियम (१) को प्रयोजनको लागि कार्यालयले आफ्नो कार्यालयमा भू–
सेवा केन्द्र खडा गर्न सक्नेछ ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि भू–सूचना
प्रणालीको माध्यमबाट सेवा प्रदान गर्न चाहिने व्यक्ति वा संस्थाले बमोजिमको
ढाँचामा सम्बन्ध्ति कार्यालय समक्ष निवेदन दिन सक्नेछन् ।
स्पष्टीकरण ः यस परिच्छेदको प्रयोजनको लागि व्यक्ति भन्नाले कानून व्यवसायी वा
लेखापढी व्यवसायीलाई समेत जनाउँछ ।
(४) उपनियम (३) बमोजिम सेवा प्रदान गर्न चाहने स्थानीय निकायले
अनुसूची–४ बमोजिमको ढाँचामा सम्बन्धित कार्यालय समक्ष निवेदन दिन सक्नेछ ।
(५) उपनियम (३) र (४) बमोजिम प्राप्त भएको निवेदन जाँचबुझ गर्दा
निवेदकलाई अनुमतिपत्र दिन मनासिब देखिएमा कार्यालयले नियम २३ग. बमोजिमको
दस्तुर लिई निजलाई अनुसूची–५ बमोजिमको ढाँचामा अनुमतिपत्र दिनु पर्नेछ ।